आदर्णीय दाजु,भाइ,दिदि,बहिनी तथा मेरा प्यारा साथीहरु,आज म आशुतोष प्यकुरेलले यो वेबसाईट को स्थापना गरेको छु। यो वेबसाईट म हजुरहरुको माग अनुसार एडिट गर्ने बाचा गर्दछु। यसकासाथमा मेरो बाबा बोर्डइङ हाई स्कुल र अरुणिमा मध्यमिक बिद्यालयका साथीहरु तथा सर, मिसहरुको मन्यता ठुलो रहने छ। मेरा आफन्तहरु को मन्यता पनि ठुलो रहने छ। यो वेबसाईटमा हजुरहरुले धेरै कुराहरु पाउनु हुनेछ। जस्तई :
१) लिन्कस
२) कथा
३) कबिता
४) चुट्कीला
५) तस्बिर र अरु धेरै कुराहरु।
यती भन्दै म मेरो साईट सुरु गर्छु।
कथा:
परिवर्तन
त्यो कार्यालयमा भ्रष्टाचार सदाचार नै बनेको थियो । सेवाग्राहीका कुनैपनि काम दाम बिना हुँदै-हुँदैनथ्यो । कागज हेर्न दस्तुर, मान्छे भेट्न सलामी, फाईल खोज्न दक्षीणा र दस्तखतका लागि नजराना नभै कुनै काम हुँदैनथ्यो ।
मागेरै खाने, ढाँटेरै खाने, हप्काएर खाने र तर्साएरै खानेले आजित भएपछि जनस्तरबाटै दबाब बढ्यो । केन्द्रसम्मै खबर पुगेपछि सेवाग्रहीका काम बिना घुस र बिना नजराना गराउन एकजना निरीक्षक खटिए सो कार्यालयमा । कार्यालयमा निरीक्षक आएपछि २-४ दिन सेवाग्राहीका काम दाम दक्षीणा बिना नै भए ।
केही दिन पश्चात भने सो माहौल परिवर्तन भएको आभाष पाए जनताले । पुराना हस्तीहरु फेरि पनि सेवाग्राहीसंग बेधक दस्तुर माग्न थाले । अचम्मको कुरा के थियो भने अबका दिनमा दस्तुरको रेट पहिले भन्दा बढेको थियो । नयाँ आएका निरीक्षकको पनि भाग छुट्याउनु पर्ने भएकोले साबिक बमोजिम लिँदै आएको चिया खर्च र दस्तुरीमा बृद्धि गर्नु परेको बताएर कर्मचारीहरु पहिला सय लिने कामको लागि डेढ सय र हजार को बाह्र सय आदिको दरमा फेरि सेवाग्राहीलाई सताउन थाले ।
पीडित सेवाग्रही फेरि समस्या लिएर सम्बन्धित निकायमा धाउन थाले । स्थितिको गाम्भिर्यलाई ध्यानमा राखेर यसपाला भने केन्द्रबाट त्यो कार्यालयको हेरक काउण्टर र जन सम्पर्क हुने कोठामा स्वचालीत क्यामारा राखेर निगरानी गर्ने प्राविधिक अनुगमनको अचुक उपाए अबलम्बन हुने बताईयो ।
हाल सो कार्यालयका हरेक कोठा र हरेक टेबल माथी हरपल निगरानीका लागि स्वचालीत क्यामरा चलेका छन् अनि सेवाग्राहीहरु पनि क्यामरा मुनि नै दस्तुर र दक्षीणा दिन बाध्य छन । यो प्राविधिक प्रयोग पछि परिवर्तन नभएको होईन, परिवर्तन भएकै छ ….जनताहरुले कामको लागि सो कार्यालय धाउँदा उक्त अदृश्य प्राविधिकको समेत भाग थप गरी दस्तुर बुझाउन थालेका छन् ।
कबिता:
गजल
कान्तिपुरीमा बागमती मनोमानी सडेकोछ
सृष्टि होइन कुदृष्टि पो जानीजानी सडेकोछ
जल, थल, आकाश मान्छेकै हो पसिनाले रंगिएको
हाम्रै धरती मात्र कठै आनाकानी सडेकोछ
भेदभाव छ,घुषपैठ फष्टाएर बिजोग छ
सत्ता लिप्सामा लठुवाको तानातानी सडेकोछ
हजार पुस्ता शासकले दरबार मात्र रुंघे
प्रजा सम्मान नबुझेरै राजारानी सडेकोछ
जन्मभूमिमा माटो खेल्न नजानेर भौतारिन्छौँ
यही माटोमा लासजस्तै सयौं खानी सडेकोछ
मेरी बहिनी देवी
उसले बतासलाई धक्का दिँदै नाच्दा
रोटे पिङ रमाएर घुमे जस्तो लाग्थ्यो
ऊ फूलझैँ मुस्कुराउँदा
नजिकैबाट सयपत्रीको वास्ना चलेजस्तो लाग्थ्यो
उसलाई कतै गइरहेको कतैबाट आइरहेको देख्दा
लिङ्गे पिङमा मच्चिएको जस्तो लाग्थ्यो
उसको प्रफुल्ल अनुहार देख्दा
झिलिमिली बत्तीहरु बले जस्तो लाग्थ्यो
यसपाली उ हप्ता-दश दिन हामीसँग बसिदिँदा
सिङ्गै तिहार हामीसँगै भएजस्तो लाग्यो
किन किन मेरी बहिनी मलाई देवीजस्तो लाग्यो ।
तल्लो घरमा, पल्लो घरमा उसले बोलेको सुन्दा
भैली खेल्नेहरुको माझमा भट्याइरहेको जस्तो लाग्थ्यो
उसले आँगनमा निस्केर तारा जून गन्दा
आकाशको फूलबारीमा फूल टिप्न पसे जस्तो लाग्थ्यो
उसले दुःख सुख झेल्दै बालबच्चा हुर्काएको अनुभव सुनाउँदा
थुँगा-थुँगा छानी-छानी माला गाँसे जस्तो लाग्थ्यो
उसका चम्किला आँखाहरु देख्दा
अनुहारको थालीमा जोर दियो बले जस्तो लाग्थ्यो
वरिपरि उसका पाउहरु आवत-जावत गर्दा
चोखो कलशले फेरो हाले जस्तो लाग्थ्यो
उसले केही खाने कुराहरु दिँदा
सेल रोटी र सगुन मेरो अघिल्तिर सारे जस्तो लाग्थ्यो
औँसीको दिन बिदा भएर रूँदै-रुँदै
ऊ घर फर्केको केही दिन मात्र बितेको थियो
यसपाली पनि खलङ्गामा फेरि आन्दोलन चलेछ,
चेलीको खसमले गाउँमै वीरगति पाएछन्
सेतो चोलो, सेतो सारी र सेतो पछ्यौरा
बहिनीको उज्यालो पखेटा भएर पलाए जस्तो लाग्यो
किन किन मेरी बहिनी मलाई देवीजस्तो लाग्यो ।
(२०६७ सालको तिहार रमाईलो रहोस्)
चुटकिला:
प्रमी : प्रिय, म त्यस्ती कटीसँग विवाह गर्न चाहान्छु जो सुन्दर, बुद्धिमान् तथा सिधा व्यवहार गर्ने खालकी होस् । प्रेमीका � त्यो त ठीकै छ तर हाम्रो कानूनले तीन जनासँग विवाह गर्न छुट दिएको छैन । |
चुटकिला:
बिक्रम, आजको परिक्षा कस्तो भयो । राम, एकदम नराम्रो मैलेत सबै कपि खालिनै बुझाएँ । बिक्रम, मैलेपनि यस्तै गरेँ । राम, हे भगवान तिमिले यो के गरेको अब हामिलाई एक अर्काको नक्कलको आरोप लाग्ने भयो । |
चुटकिला:
एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् । हनुमान : प्रभु मैले के विराएँ ? राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ? हनुमान : किनर प्रभु ? राम : भित्र सिता कपडा फेर्दै छिन । |
Some worldlinks:
This comment has been removed by a blog administrator.
ReplyDelete